मोरङका ११ पालिकामा मतगणना सुरु
मोरङ । मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ ।
मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए ।
यसैगरी जहदा, धनपालथान, ग्रामथान, कटहरी, कानेपोखरी र मिक्लाजुङमा पनि मतगणना सुरु भएको छ । विराटनगर महानगरपालिकाको मतगणना भने केहीबेरपछि सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले बताए ।
विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकामा ८९ हजार ६७८ ९६७ दशमलव ३५ प्रतिशत मतदान भएको थियो ।
ताजा अपडेट
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा आवेदन माग
-
लुम्बिनीको तराई क्षेत्रमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
-
कतिबेलाबाट सुरु हुन्छ उपनिर्वाचनको मतगणना ?
-
पहाडी भागमा आज हल्का वर्षाको सम्भावना
-
१५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
प्रतिक्रिया