मेरिङदेन ६ मा एमालेको प्यानल विजयी
फुङ्लिङ । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले) को प्यानलनले विजयी प्राप्त गरेको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो ।
एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तम्मबाहाम्फले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका छन् । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरेका हुन ।
१३२ मतले लिम्बू पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सदस्यमा पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजयी प्राप्त गरेको हो ।
यस्तै अरु वडामा भने मतगणना कार्य जारी रहेको जनाइएको छ । गाउँपालिका अध्यक्षमा हालसम्म एमाले ३५४, कांग्रेस ३११, उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीले २७० मत र स्वतन्त्र २४४ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका बाहेक आठ गाउँपालिकामा मतगणना सुरुभएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया