कागेश्वरीमा निवर्तमान मेयरको कन्तविजोग

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार राम शरण ढुंगानाले अग्रसरता लिएका छन् । यो समाचार तयार पार्दासम्म ५३४ मतसहित उनी अग्रपंक्तिमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीले ४५२ मतसहित उनलाई पछ्याइरहेका छन् ।
त्यस्तैगरी नेकपा एकीकृत समाजवादीका उम्मेदवार निवर्तमान मेयर कृष्ण हरी थापाले मात्रै २७ मत पाएका छन् । उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार शान्ता थापाले ४०२ मत प्राप्त गरेकी छिन् ।
उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार भोला चापागाईंले १४१ मतसहित पछ्याइरहेका छन् भने नेकपा एकीकृत समाजवादीकी उम्मेदवार सरस्वती नेपाल ३७ मतसहित अन्तिममा छिन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया