NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

एमालेलाई उछिन्दै कांग्रेस पहिलो नम्बरमा, १७ को नतिजा आउँदा कहाँ कसले जिते ?

काठमाडौं । १७ स्थानीय तहको नतिजा आउँदा कांग्रेसले एमालेलाई उछिनेको छ । यस अघि सुरुदेखि नै पछि परेको कांग्रेसले एमालेलाई उछिनेको हो ।

१७ स्थानीय तहमा कांग्रेसले ७, एमाले ६, नेकपा समाजवादी र माओवादीले २\२ तह जितेका हुन् ।

केही पालिकाको स्थगित हुनुबाहेक सबै पालिका तहमा मतगणना जारी छ ।

कहाँ कसले जिते ?

कांग्रेसले जितेको स्थानीय तह

नार्सो गाउँपालिका– मनाङ, धनबहादुर गुरुङ
नार्पाभुमि गाउँपालिका– मनाङ, कोन्जो तेन्जिङ लामा
घरपझोङ गाउपालिका–मुस्ताङ, मोहन सिंह लालचन
रेसुङ्गा नगरपालिका– गुल्मी, खिलध्वज पन्थी
गन्यापधुरा गाउँपालिका–डडेलधुरा, इन्द्रबहादुर कार्की

गुल्मीदरबार गाउँपालिका–गुल्मी, अध्यक्ष सरोजकुमार थापा

बडीकेदार गाउँपालिका–डोटी अध्यक्ष भैरवबहादुर साउद

एमालेले जितेका स्थानीय तह

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–मुस्ताङ, लोप्साङ छोम्पेल विष्ट
वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –मुस्ताङ, रिङजीन नामगेल गुरुङ
मनाङ डिस्याङ गाउँपालिका– मनाङ, धावा गुरुङ
चामे गाउपालिका–मनाङ, लोकेन्द्र बहादुर घले
शेफोक्सुण्डो गाउँपालिका– डोल्पा, धावा सम्डुक गुरुङ(निर्विरोध)
लोमङ्थाङ गाउँपालिका– टसी न्हर्बु गुरुङ

नेकपा (एकीकृत समाजवादी)ले जितेका स्थानीय तह

काइके गाउँपालिका–डोल्पा, अंगद कुमार राना (निर्विरोध)
छर्का ताङसोङ गाउँपालिका–डोल्पा, सोनाङ गुरुङ (निर्विरोध)

नेकपा (मओवादी केन्द्र)

जगदुल्ला गाउँपालिका– डोल्पा, नारा सिं रोकाय
नौमुले गाउँपालिका–दैलेख, अध्यक्ष छविराम सुवेदी

ताजा अपडेट

नेपालवाच विशेष