बालेनलाई १५ सय बढी मत, स्थापित ६ सय र सिर्जना ८ सयले पछि परिन्
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्रका बालेन शाह निरन्तर अगाडि देखिएका छन् ।
उनले पछिल्लो परिणाम अनुसार चार हजार चार सय ४५ मतगणना हुँदा १५७५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितकाे ९८५ मत आएको छ । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ८२५ मत मात्रै ल्याएकी छिन् ।
मतगणनामा काठमाडौं १ र ३२ को गणना गरिएको छ । साथै, २, ३ र ४ को पनि गणना भइरहेको छ । ३२ वडामा धेरै मत ल्याएर अग्रता बनाएका बालेनले अरु वडाको मतगणना हुँदा पनि अग्रता बढाउँदै लगेका हुन् ।
राप्रपाका मदनदास श्रेष्ठकाे ९१ मत मात्रै अाएकाे छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया