एमाले अध्यक्ष ओलीको गृहनगरमा राप्रपाको अग्रता
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापाले अग्रता लिएका छन् ।
गठबन्धन दलहरूसँग मिलेर उम्मेदवारी दिएका थापाले एमालेकी उम्मेदवार गीता अधिकारीलाई पछि पारेका हुन् ।
पाँच हजार ५०७ मत गन्दा थापाले २४५० मत ल्याएका छन् भने अधिकारीले २३३२ मत मात्र ल्याएकी छिन् ।
उपमेयरमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले अग्रता लिएकी छिन् । उनले २३९२ मत ल्याएकी छिन् ।
एमालेकी उम्मेदवार अम्बिका खनालले भने २१९० मत ल्याएकी छिन् ।
ओलीले मतदान गरेको सूर्यविनायकमा कांग्रेसको अग्रता – NepalWatch
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया