एमाले अध्यक्ष ओलीको गृहनगरमा राप्रपाको अग्रता
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापाले अग्रता लिएका छन् ।
गठबन्धन दलहरूसँग मिलेर उम्मेदवारी दिएका थापाले एमालेकी उम्मेदवार गीता अधिकारीलाई पछि पारेका हुन् ।
पाँच हजार ५०७ मत गन्दा थापाले २४५० मत ल्याएका छन् भने अधिकारीले २३३२ मत मात्र ल्याएकी छिन् ।
उपमेयरमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले अग्रता लिएकी छिन् । उनले २३९२ मत ल्याएकी छिन् ।
एमालेकी उम्मेदवार अम्बिका खनालले भने २१९० मत ल्याएकी छिन् ।
ओलीले मतदान गरेको सूर्यविनायकमा कांग्रेसको अग्रता – NepalWatch
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया