सप्तकोसी–२ मा एमाले विजयी, प्रमुखमा कांग्रेसको अग्रता
सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ । प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर हुसेन वडाध्यक्षमा निर्वाचित भएका हुन।
उनले ४६८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मधुकरप्रसाद चौधरीले ३४८ मत प्राप्त गरेका छन् । खुला सदस्यमा एमालेका रवीन्द्रनाथ चौधरी र नवराज अधिकारी तथा महिला सदस्यमा पानोकुमारी राजधानी र दलित महिला सदस्यमा रामसतीदेवी राम विजयी भएका छन् ।
उक्त वडामा एमाले, कांग्रेस, माओवादी र राप्रपाका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । सप्तकोसी नगरपालिका–१ मा एमालेलाई पराजित गरी कांग्रेसले प्यानलसहित जित हासिल गरेको थियो ।
यसैगरी पछिल्लो मतपरिणामअनुसार नगरप्रमुखमा कांग्रेसका कृष्णप्रसाद ढकालले एक हजार ४२७ मत ल्याएर अग्रता कायम गरेको छ भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका उत्तमकुमार शर्माको ८९९ मत प्राप्त गरेका छन ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकी रीताकुमारी चौधरीले एक हजार १२१ र एमालेकी सङ्गिता चौधरीले ९०० मत प्राप्त गरेका छन् । सप्तकोसी नगरपालिकामा कूल १५ हजार ४२१ मत खसेको छ । वडा नं २ मा जम्मा एक हजार २४७ मत खसेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया