दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी
काठमाडाैं । जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । उनी तीन हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गरे । बुढामगर निवर्तमान अध्यक्षसमेत हुन् । नेकपा एमालेका शशिराम विश्वकर्माले एक हजार ९२० मत ल्याए ।
यसैगरी उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी० का गङ्गबहादुर शाही विजयी भए । उनलाई दुई हजार ८३४ मत प्राप्त भयो । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार ४०५ र एमालेकी गीता चन्दले एक हजार ९१८ मत प्राप्त गरे ।
नौमूलेमा ९नेकपा माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० को चुनावी गठबन्धन थियो । आठ वडा रहेको नौमूले गाउँपालिकामा पाँचवटा नेपाली कांग्रेस, दुई वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया