NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

गलकोटको मेयरमा गैरे दोहोरिए, उपमेयर बने निउरे

काठमाडौं । बागलुङको गलकोट नगरपालिकामा सत्तागठबन्धनले जित निकालेको छ । मेयरमा कांग्रेसका उम्मेदवार भरत शर्मा गैरे र उपमेयरमा माओवादीका फमलाल निउरे विजयी भएका हुन् ।

मेयरमा विजयी शर्मा गैरेले ५ हजार ४१४ मत हासिल गरेका छन् । उनीसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका पूर्ण काउचाले ३ हजार ५ सय १९ र स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शर्मा यसअघि पनि यो स्थानीय तहको मेयरमा निर्वाचित भएका थिए ।

उपप्रमुखमा विजयी निउरेले ६ हजार ३९ मत प्राप्त गर्दा नेकपा एमालेका रूपा विकले ३ हजार ५७ र स्वतन्त्र उम्मेदवार तिलबहादुर केसी उप्रेतीले १ हजार ९ सय ८१ मत बटुलेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष