गलकोटको मेयरमा गैरे दोहोरिए, उपमेयर बने निउरे
काठमाडौं । बागलुङको गलकोट नगरपालिकामा सत्तागठबन्धनले जित निकालेको छ । मेयरमा कांग्रेसका उम्मेदवार भरत शर्मा गैरे र उपमेयरमा माओवादीका फमलाल निउरे विजयी भएका हुन् ।
मेयरमा विजयी शर्मा गैरेले ५ हजार ४१४ मत हासिल गरेका छन् । उनीसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका पूर्ण काउचाले ३ हजार ५ सय १९ र स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शर्मा यसअघि पनि यो स्थानीय तहको मेयरमा निर्वाचित भएका थिए ।
उपप्रमुखमा विजयी निउरेले ६ हजार ३९ मत प्राप्त गर्दा नेकपा एमालेका रूपा विकले ३ हजार ५७ र स्वतन्त्र उम्मेदवार तिलबहादुर केसी उप्रेतीले १ हजार ९ सय ८१ मत बटुलेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया