मौवाखोलामा माओवादी केन्द्र विजयी
फुङ्लिङ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको माैवाखोला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मेदवार राजनकुमार थक्लुङलाई ५५७ मतान्तरले पछि पार्दै माओवादी केन्द्रका विजयप्रकाश वनेमले विजय प्राप्त गरेका हुन् । सोमबार सम्पन्न भएको मतगणनामा वनेमले दुई हजार ६०९ मत प्राप्त गरेर विजय भएको निर्वाचन अधिकृतको कार्यालय माैवाखोलाले जनाएको छ ।
दुई हजार ५२ मत ल्याएर एमालेको उम्मेदवार थक्लुङ पराजित भएका छन्। त्यस्तै दुई हजार ५१० मत प्राप्त गरेर नेपाली कांग्रेसबाट उपाध्यक्ष पदमा कमलकुमारी वनेम उपाध्यक्ष निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
माैवाखोलामा एमालेले वि.स २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यबाहेक सबै एमालेले जितेको थियो । माैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथलो पनि हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया