१० हजार मतनजिक बालेन, स्थापित र सिंहले कति–कति ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरमा स्वतन्त्रका बालेन शाह १० हजार मतनजिक पुगेका छन् ।
सुरुदेखि निरन्तर अग्रता बनाइरहेका बालेनले ९६०५ मत प्राप्त गरेका छन् । उनीभन्दा निक्कै पछाडि परेका एमालेका केशव स्थापितले ५११५ मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले ४५ सय मत कटाएकी छिन् ।
काठमाडौंमा ३, ४, ५, ६, ३१ र ३२ वडाको मतगणना जारी छ । यस्तो गणनामा मेयरमा स्वतन्त्रका बालेनले निरन्तर अग्रता बढाउँदै आएका छन् ।
बलियो प्रभाव रहेको भनिए पनि एमाले र कांग्रेस उम्मेदवारहरू पछाडि परेका हुन् ।
तर अझै पनि काठमाडौंका भित्री बस्तीबाट आफूहरूले कमब्याक गर्ने दाबी एमाले र कांग्रेसको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया