१० हजार मतनजिक बालेन, स्थापित र सिंहले कति–कति ल्याए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरमा स्वतन्त्रका बालेन शाह १० हजार मतनजिक पुगेका छन् ।
सुरुदेखि निरन्तर अग्रता बनाइरहेका बालेनले ९६०५ मत प्राप्त गरेका छन् । उनीभन्दा निक्कै पछाडि परेका एमालेका केशव स्थापितले ५११५ मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले ४५ सय मत कटाएकी छिन् ।
काठमाडौंमा ३, ४, ५, ६, ३१ र ३२ वडाको मतगणना जारी छ । यस्तो गणनामा मेयरमा स्वतन्त्रका बालेनले निरन्तर अग्रता बढाउँदै आएका छन् ।
बलियो प्रभाव रहेको भनिए पनि एमाले र कांग्रेस उम्मेदवारहरू पछाडि परेका हुन् ।
तर अझै पनि काठमाडौंका भित्री बस्तीबाट आफूहरूले कमब्याक गर्ने दाबी एमाले र कांग्रेसको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया