रुबीभ्यालीमा गठबन्धनको जित
धाधिङ । रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामसिंह तामाङले दुई हजार ७९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोम्बा घलेले दुई हजार ५९७ मत प्रप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फे लामा तामाङले दुई हजार ९०३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार १३२ मत प्राप्त गरे ।
थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया