आँधीखोलामा एमाले निर्वाचित

वालिङ । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । पौडेलले पाँच हजार १७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका पौडेलले चार हजार ३५१ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा एमालेको सीता थापा निर्वाचित भएकी छन् । उनी पाँच हजार २७३ मतले विजयी भइन भने प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गरेका छन् ।
६ वडा रहेको गाउँपालिकाको १, २, ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् । ३ र ६ वडामा कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन् । १६ हजार २५० मतदाता रहेको आँधीखोलामा १० हजार ८२५ ले मतदान गरेका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा आँधीखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा एमाले विजयी भएको थियो ।
ताजा अपडेट
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रतिक्रिया