NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

उदयपुरका चार गाउँपालिकामा गठबन्धन विजयी

उदयपुर । उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन् । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राईले एक हजार ८१८ मत प्राप्त गरी नेकपा (एमाले) का राजकुमार राईललाई ४४८ मतान्तरले पराजित गरेका हुन ।

यस्तै गठबन्धनका तर्फबाटै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राईले एमालेको गीता कार्कीलाई एक हजार ६६० मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । त्यस्तै रौतामाई गाउँपालिकामा गठबन्धनकै तर्फबाट माओवादीका वीरेन्द्र मगरले एमालेका भरतबहादुर थापालाई एक हजार ७२ मतको अन्तरले पराजित गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनका उम्मेदवार भूपेन्द्रकुमार थापाले एमालेको कुमारी ठकुरीलाई ८६ मतको अन्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलय उदयपुरले जनाएको छ ।

यस्तै उदयपुर गढी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का मानबहादुर केपीछाकी मगरले एमालेका गोपाल खत्रीलाई पराजित गरेका छन् । विजयी मगरले चार हजार ९४२ मत तथा खत्रीले चार हजार ११४ मत प्राप्त प्राप्त गरेका थिए ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काग्रेसका जीतबहादुर खड्काले एमालेको शोभा मगरलाई ८६ मतको अन्तरले पराजित गरेका छन् । ताप्ली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार ढुङ्गराज विकले एमालेका बाबुराम राईलाई पराजित गरेका छन् । विकले एक हजार ७८७ मत प्राप्त गरी ३८ मतान्तरले राईलाई पराजित गरेका हुन ।

यस्तै उपाध्यक्षमा गठबन्धनकै कांग्रेसकी धनमाया मगरले एमालेको मानकुमारी थापालाई दुई हजार ५८६ मत प्राप्त गरी पराजित गरेकी छन् ।