NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपाली कांग्रेसका कार्यकर्ताको विरोधपछि तिलोत्तमाको मतगणना स्थगित

तिलोत्तमा । यहाँको तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ।

तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६ र २ को मतगणना रोकिएको हो ।

मतगणनापछि सङ्ख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत सङ्ख्यामा फरक पर्न गएकाले वास्तविक तथ्यांक हेरेर गणना अगाडि बढाइने सहमति भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए ।

अहिले मतगणनास्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

यहाँ मेयरमा कांग्रेसबाट रामकृष्ण खाँण र एमालेबाट माेहन चापागाइबीच प्रतिस्पर्धा भइरहेकाे छ । अघिल्लाेपटक यहाँ एमाले विजयी भएकाे थियाे । कांग्रेसबाट उठेका खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइसमेत हुन् । कांग्रेसका खाँणले एक सय बढी मतले अग्रता लिइरहेका छन् ।