काठमाडाैं अपडेट : बालेनलेभन्दा स्थापितले ल्याए एक मत बढी !
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले मतगणनाकाे पछिल्लाे नतिजामा स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा एक मत धेरै ल्याएका छन् ।
यसअघि स्थापितको मत ५८४१ थियो भने अहिले पछिल्लो अपडेटमा उनको मत ५९५६ पुगेको छ ।
त्यस्तै बालेनले यसअघि १०८९९ मत प्राप्त गरेका थिए भने अहिले उनको मत ११४ ले बढेर ११०१३ मत पुगेको छ ।
यसरी हेर्दा अघिल्लो पटक सार्वजनिक गरिएको मतबाट पछिल्लो पटकको मत घटाउँदा केशव स्थापितले ११५ मत ल्याएका छन्, भने बालेनको ११४ आएको छ । यी दुई प्रतिस्पर्धीबीच पछिल्लाे गणनाकाे मतान्तर १ मत मात्रै छ ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन सुरूवातदेखि नै अगाडि रहेका छन् । समग्रमा स्थापित ५ हजार ५७ मतले बालेनभन्दा पछाडि छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार २११ मत प्राप्त गरेकी छन् ।
महानगरका वडा नं. १, २, ३, ४, ५, ६, ३१ र ३२ को मत गणना भइरहेको छ । यी सबै वडामा बालेनकै अग्रता देखिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया