नाम्खामा गठबन्धनको जित
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का प्रेम लामाले जित हासिल गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन् ।
अध्यक्षमा लामाले एक हजार ४६६ मतकासाथ विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा लामाले एक हजार ९४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याए ।
तीन हजार १८२ मत रहेको नाम्खामा दुई हजार ३७१ मत खसेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया