बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी विजयी
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा (एमाले)का कर्णबहादुर कुँवर विजयी भएका छन् ।
कुँवरले गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै विजयी भएका हुन् ।
कुँवरले पाँच हजार ८४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कठरियाले चार हजार १८६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का गणेश राज गिरी निर्वाचित भएका छन् ।
गिरीले एमालेकी इन्दु कठरियालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले चार हजार ५६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दुले चार हजार २५५ मत ल्याएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया