बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी विजयी

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा (एमाले)का कर्णबहादुर कुँवर विजयी भएका छन् ।
कुँवरले गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै विजयी भएका हुन् ।
कुँवरले पाँच हजार ८४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कठरियाले चार हजार १८६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का गणेश राज गिरी निर्वाचित भएका छन् ।
गिरीले एमालेकी इन्दु कठरियालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले चार हजार ५६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दुले चार हजार २५५ मत ल्याएका छन् ।
प्रतिक्रिया