सुवेदीविरुद्ध अग्रता बढाउँदै रेनु, ३ सयभन्दा बढी मतले अघि

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमाले र गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । भर्खरै प्राप्त विवरणअनुसार माओवादी केन्द्रकी रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा ३२३ मतले अघि छिन् ।
यसअघि २५५ ले अघि रहेकी रेनुले बिस्तारै अग्रता बढाउँदै लगेकी छिन् ।
उनले ७३५१ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ७०२८ मत ल्याएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५६२ मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
सुवेदी र रेनुबीच झिनो अन्तरले अग्रता फेरबदल भइरहेको छ । अहिले भने रेनु अलि अघि बढ्दै गएकी हुन् ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया