आधा स्थानीय तहको नतिजा आउँदा कांग्रेस, एमाले र माओवादीले अहिलेसम्म कति–कति जिते ?

काठमाडाैं । स्थानीय तह निर्वाचन अन्तर्गत आधाभन्दा बढी तहको नतिजा आएको छ । ७५३ स्थानीय तहमध्ये आधाजसोको नतिजा आएको हो ।
यो नतिजामा नेपाली कांग्रेस सबैभन्दा अगाडि छन् । १८२ स्थानीय तह जित्ने क्रममा कांग्रेसले ४८ नगरपालिका र १३४ गाउँपालिका जितेको छ ।
दोस्रो स्थानमा रहेको एमालेले २५ नगरपालिका प्रमुख र ८६ गाउँपालिका अध्यक्ष गरी १११ स्थानीय तहमा जित हात पारेको छ ।
माओवादीले ९ नगरपालिका र ६८ गाउँपालिका गरी ७७ वटा स्थानीय जितेको छ ।
नेकपा एकीकृत समाजवादीले ६, जसपाले पाँच र अन्यले ८ स्थानीय तहमा जित हात पारेका छन् ।
अग्रतामा पनि कांग्रेस नै छ । उसले ६४ नगरपालिका र ४९ गाउँपालिकामा अग्रता बनाइरहेको छ । एमालेले ५१ नगरपालिका र ३४
गाउँपालिकाका अग्रता बनाइरहेको छ । माओवादीले १४ नगरपालिका र १९ गाउँपालिकामा अग्रता बनाइरहेको छ ।
महानगरपालिकातर्फ काठमाडौं बाहेक ५ वटैमा सत्ता गठबन्धनका उम्मेदवारले फराकिले मतान्तर बनाउँदै लगेका छन् ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया