परशुराम नगरपालिकाको तालाचाबी २८ र ३१ वर्षे युवाको हातमा

काठमाडौं । सुदूरपश्चिम डडेल्धुराको परशुराम नगरपालिका हाँक्ने जिम्मा योपटक युवाले पाएका छन् । गठबन्धनभित्रै एक अर्काका प्रतिस्पर्धी रहेका कांग्रेस र माओवादी केन्द्रका युवा उम्मेदवारलाई मतदाताले मेयर र उपमेयर निर्वाचित गरेका छन् ।
मेयरमा नेपाली कांग्रेसका उम्मेदवार भरत बडायर जोशी निर्वाचित भएका छन् । उपमेयरमा माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा निर्वाचित भइन् ।
यी दुवै युवा हुन् । मेयरमा विजयी जोशी २८ वर्षमा प्रवेश गरेका छन् । उपमेयर बोहोरा ३१ वर्षकी भइन् ।
जोशीले ५ हजार ९४१ मत ल्याएर माओवादीका उम्मेदवार शेरसिंह माल डायमण्डलाई पराजित गरे । डायमण्डले ५ हजार ८०५ मत ल्याए । एमालेका उम्मेदवार केशव बोहराले २ हजार ६०६ मतसहित तेस्रो स्थानमा सीमित भए ।
त्यस्तै उपमेयरमा बोहोराले ५ हजार ८८५ ल्याएर कांग्रेसकै कलावती बोहोरा हराइन् । कलावतीले ४ हजार ५९३ मत प्राप्त गर्दा तेस्रो भएकी एमालेकी गोमती पन्तले ३ हजार २९६ मत ल्याइन् ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया