परशुराम नगरपालिकाको तालाचाबी २८ र ३१ वर्षे युवाको हातमा
काठमाडौं । सुदूरपश्चिम डडेल्धुराको परशुराम नगरपालिका हाँक्ने जिम्मा योपटक युवाले पाएका छन् । गठबन्धनभित्रै एक अर्काका प्रतिस्पर्धी रहेका कांग्रेस र माओवादी केन्द्रका युवा उम्मेदवारलाई मतदाताले मेयर र उपमेयर निर्वाचित गरेका छन् ।
मेयरमा नेपाली कांग्रेसका उम्मेदवार भरत बडायर जोशी निर्वाचित भएका छन् । उपमेयरमा माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा निर्वाचित भइन् ।
यी दुवै युवा हुन् । मेयरमा विजयी जोशी २८ वर्षमा प्रवेश गरेका छन् । उपमेयर बोहोरा ३१ वर्षकी भइन् ।
जोशीले ५ हजार ९४१ मत ल्याएर माओवादीका उम्मेदवार शेरसिंह माल डायमण्डलाई पराजित गरे । डायमण्डले ५ हजार ८०५ मत ल्याए । एमालेका उम्मेदवार केशव बोहराले २ हजार ६०६ मतसहित तेस्रो स्थानमा सीमित भए ।
त्यस्तै उपमेयरमा बोहोराले ५ हजार ८८५ ल्याएर कांग्रेसकै कलावती बोहोरा हराइन् । कलावतीले ४ हजार ५९३ मत प्राप्त गर्दा तेस्रो भएकी एमालेकी गोमती पन्तले ३ हजार २९६ मत ल्याइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया