बागमती गाउँपालिका अध्यक्षमा लोप्चन, उपाध्यक्षमा दर्लामी निर्वाचित
ललितपुर । बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन् ।
लोप्चनले चार हजार ९०९ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज सञ्जेलले चार हजार ५३ मत ल्याए ।
गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले चार हजार ६९२ मत ल्याएर विजयी भए । नेकपा एमालेका नमूना दोङले तीन हजार ७०० मत ल्याएका छन् ।
पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।
कांग्रेसबाट वडा नं १ ज्ञानबहादुर लो, २ मा रामबहादुर भुलुन र ३ मा नवराज खड्का, ४ मा रामकुमार लामा र वडा नं ६ मा नारायण भोम्जन निर्वाचित भए । वडा नं ५ मा माओवादी केन्द्रका नमराज तिमल्सिना र वडा नं ७ मा एमालेका होमप्रसाद बजगाईँ निर्वाचित भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया