NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बागमती गाउँपालिका अध्यक्षमा लोप्चन, उपाध्यक्षमा दर्लामी निर्वाचित

ललितपुर । बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन् ।

लोप्चनले चार हजार ९०९ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज सञ्जेलले चार हजार ५३ मत ल्याए ।

गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले चार हजार ६९२ मत ल्याएर विजयी भए । नेकपा एमालेका नमूना दोङले तीन हजार ७०० मत ल्याएका छन् ।

पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।

कांग्रेसबाट वडा नं १ ज्ञानबहादुर लो, २ मा रामबहादुर भुलुन र ३ मा नवराज खड्का, ४ मा रामकुमार लामा र वडा नं ६ मा नारायण भोम्जन निर्वाचित भए । वडा नं ५ मा माओवादी केन्द्रका नमराज तिमल्सिना र वडा नं ७ मा एमालेका होमप्रसाद बजगाईँ निर्वाचित भएका छन् ।