अन्त दुष्मनी राप्रपालाई हराउन कांग्रेस र एमालेबीच दोस्ती

काठमाडौं । देशभर कांग्रेस र एमालेबीच दुष्मनीयुक्त चुनावी प्रतिस्पर्धा भइरहँदा झापामा भने फरक अवस्था देखिएको छ ।
राप्रपालाई हराउन झापाको कचनकवलमा यसपटक कांग्रेस–एमाले गठबन्धन मिले । अघिल्लोपटक पनि जितेको राप्रपालाई यसपटक हराएरै छोडे । कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेका हुन् ।
अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११ हजार ४५७ मतका साथ विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका अन्जार आलमले ६ हजार ६६७ मत पाए । तेस्रो स्थानमा आएका माओवादीले जम्मा ६६४ मत मात्रै प्राप्त गरेको छ ।
यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार ११३ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाकी निमशरी राजवंशीले ६ हजार ८०२ मत पाइन् । तेस्रो भएकी माओवादीकी भागीरथा अधिकारीले १२५७ मत ल्याइन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया