अन्त दुष्मनी राप्रपालाई हराउन कांग्रेस र एमालेबीच दोस्ती
काठमाडौं । देशभर कांग्रेस र एमालेबीच दुष्मनीयुक्त चुनावी प्रतिस्पर्धा भइरहँदा झापामा भने फरक अवस्था देखिएको छ ।
राप्रपालाई हराउन झापाको कचनकवलमा यसपटक कांग्रेस–एमाले गठबन्धन मिले । अघिल्लोपटक पनि जितेको राप्रपालाई यसपटक हराएरै छोडे । कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेका हुन् ।
अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११ हजार ४५७ मतका साथ विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका अन्जार आलमले ६ हजार ६६७ मत पाए । तेस्रो स्थानमा आएका माओवादीले जम्मा ६६४ मत मात्रै प्राप्त गरेको छ ।
यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार ११३ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाकी निमशरी राजवंशीले ६ हजार ८०२ मत पाइन् । तेस्रो भएकी माओवादीकी भागीरथा अधिकारीले १२५७ मत ल्याइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया