कालिकाेटमा कांंग्रेस र स्वतन्त्र दुई/दुई र माओवादी तीन स्थानमा विजयी
मान्म । कालिकोटका नौ स्थानीय तहमध्ये सातको स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ । तीमध्ये दुई पालिकामा नेपाली कांग्रेस, दुईमा पालिकामा स्वतन्त्र र तीन पालिकामा नेकपा (माओवादी केन्द्र) उम्मेदवार विजयी भएका छन् ।
खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । खाँडाचक्रको प्रमुखमा कमलबहादुर शाही र सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर केसी विजयी भएका छन् ।
खाँडाचक्रमा माओवादीका उपप्रमुख गणेशबहादुर शाही र सान्नी त्रिवेणीमा उपाध्यक्षमा एमालेबाट पार्वतीसिंह विजयी भएका छन् ।
तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
तिलागुुफा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट शङ्करप्रसाद उपाध्याय र नरहरिनाथ गाउँपालिका नगेन्द्र विष्ट र उपप्रमुखमा एमालेका उम्मेदवाार महेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन् ।
शुभकालिका, महावै र पलाता गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । शुभकालिकामा गोविन्द आचार्य, महावैमा खेमबहादुर सिंह र पलाता गाउँपालिकामा विष्णुबहादुर रोकाया विजयी भएका छन् ।
शुभकालिकामा उपाध्यक्षमा कांग्रेसका धर्मा शाही, महावैमा उपाध्यक्षमा एमालेबाट दानसिंह सेजुवाल र पलाता गाउँपालिकाको उपाध्यक्षमा माओवादीका अलैपुरा जैशी निर्वाचित भएका छन् ।
जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका मतगणना जारी नै छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया