NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

केशव स्थापितकाे वडामा आएपछि बालेन पछाडि

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । एमालेका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेको वडामा २०० मत गन्दा अहिलेसम्म स्थापित ६० मतसहित अग्र स्थानमा छन् ।

उनी अग्रस्थानमा हुँदा स्वतन्त्र उम्मेदवार बालेनले ४६ मत ल्याएका छन् । यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ मत ल्याएकी छन् । समग्रतामा बालेनले अहिलेसम्म १७ हजार ५५८ मत ल्याएर अगाडि छन् भने स्थापितको ९ हजार ५६ मत छ ।

सिंहले ८१२८ मत ल्याएकी छन् । काठमाडौंको वडा नं २८ पुरानो बसपार्क र बागबजार क्षेत्र हो । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष