शेरबहादुर देउवाको नगरमा कांग्रेस पराजित
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको घर रहेको बुढानीलकण्ठ नगरपालिकामा कांग्रेसलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरका उम्मेदवार मिठाराम अधिकारीले १४२५० मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मत ल्याए ।
त्यस्तै उपमेयरमा १४३१४ मतका साथ एमालेकै अनिता लामा विजयी भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमिला वाग्लेले ११९७२ मत ल्याइन् । नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्रले जितेका छन् ।
काठमाडौंमा अहिलेसम्म कांग्रेसले दक्षिणकाली,तारकेश्वर र किर्तिपुर जित हात पारेको छ । एमाले बूढानीलकण्ठ र टोखामा विजयी भएको छ र शंखरापुर राप्रपाले जितेको छ । अब काठमाडौं महानगर, चन्द्रागिरी, नागार्जुन, गोकर्णेश्वर र कागेश्वरीको नतिजा आउन बाँकी छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया