शेरबहादुर देउवाको नगरमा कांग्रेस पराजित
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको घर रहेको बुढानीलकण्ठ नगरपालिकामा कांग्रेसलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरका उम्मेदवार मिठाराम अधिकारीले १४२५० मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मत ल्याए ।
त्यस्तै उपमेयरमा १४३१४ मतका साथ एमालेकै अनिता लामा विजयी भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमिला वाग्लेले ११९७२ मत ल्याइन् । नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्रले जितेका छन् ।
काठमाडौंमा अहिलेसम्म कांग्रेसले दक्षिणकाली,तारकेश्वर र किर्तिपुर जित हात पारेको छ । एमाले बूढानीलकण्ठ र टोखामा विजयी भएको छ र शंखरापुर राप्रपाले जितेको छ । अब काठमाडौं महानगर, चन्द्रागिरी, नागार्जुन, गोकर्णेश्वर र कागेश्वरीको नतिजा आउन बाँकी छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया