खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित भएको खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।
विकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाएका थिए । उपाध्यक्षमा मल्लले निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशालाई पराजित गरेका थिए । उनले आठ हजार ९१ मत ल्याएका थिए ।
वि.स २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ ।
अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया