उपमहानगरमा एमालेले खाता खोल्यो : गठबन्धनलाई हराउँदै घोराहीमा प्रमुख र उपप्रमुखमा विजयी
काठमाडौं । नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उप्रमुखमा विजयी भएको छ ।
एमालेका नरुलाल चौधरीले ३१ हजार ७ सय २८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार तीन ६८ मत पाएका छन् । चौधरीले ५ हजार ३ सय ६० मतान्तरले प्रतिस्पर्धीलाई हराएका हुन् ।
त्यस्तै उपप्रमुखमा पनि एमालेकी हुमा कुमारी डिसी निर्वाचित भएकी छन् । डिसीले ३० हजार ४०३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३५४ मत पाएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया