सूर्यविनायक नगरपालिकामा एमाले विजयी
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी भएको छ । नगर प्रमुखमा एमाले उम्मेदवार वासुदेव थापा १४ हजार ७ सय ५८ मत ल्याएर विजयी भएका हुन् ।
पराजित कांग्रेस उम्मेदवार निशान ढुंगेललले १३ हजार २३२ मत ल्याए ।
एमाले अध्यक्ष केपी ओली र नेता महेश बस्नेतको बसोबास रहेको क्षेत्रमा एमाले १ हजार ५२६ मतान्तरले विजयी भएको हो ।
उपमेयर एमालेकै सरिता भट्टराई भारी मतले विजयी भएकी छिन् । उनी १४ हजार ४ सय ९० मतसहित विजयी हुँदा कांग्रेसका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत मात्रै ल्याए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया