सूर्यविनायक नगरपालिकामा एमाले विजयी

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी भएको छ । नगर प्रमुखमा एमाले उम्मेदवार वासुदेव थापा १४ हजार ७ सय ५८ मत ल्याएर विजयी भएका हुन् ।
पराजित कांग्रेस उम्मेदवार निशान ढुंगेललले १३ हजार २३२ मत ल्याए ।
एमाले अध्यक्ष केपी ओली र नेता महेश बस्नेतको बसोबास रहेको क्षेत्रमा एमाले १ हजार ५२६ मतान्तरले विजयी भएको हो ।
उपमेयर एमालेकै सरिता भट्टराई भारी मतले विजयी भएकी छिन् । उनी १४ हजार ४ सय ९० मतसहित विजयी हुँदा कांग्रेसका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत मात्रै ल्याए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया