अन्ततः आफ्नै भतिजोसँग पराजित भए २९ सालदेखि वडाध्यक्ष जित्दै आएका ब्यञ्जनकार
काठमाडौं । २०२९ सालदेखि अहिलेसम्मका सबै चुनावमा जित्दै आएका नरसिंह ब्यञ्जनकार अन्ततः पराजित हुन पुगेका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा ८१ वर्षिय ब्यञ्जनकार ललितपुर १० को वडा अध्यक्षमा पराजित भएका हुन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका ञ्यञ्जनकारलाई वडा अध्यक्षका कांग्रेस उम्मेदवारले पराजित गरेका हुन् । रबिनमान ब्यञ्जनकारसँग पराजित भएका हुन् । नरसिंहले ५४३ मत ल्याउँदा भतिजा रबिमान ८२५ मत ल्याएर विजयी भएका हुन् ।
नरसिंह पञ्चातय, बहुदल र गणतन्त्रमा पनि निरन्तर वडाध्यक्ष जित्ने एकमात्र नेता थिए । तर अब उनको यो क्रम भने टुटेको छ । उनकाे विजयी यात्रा भतिजाेले टुटाएका हुन् ।
२०७४ सालको चुनावमा स्वतन्त्र उम्मेदवार बन्दै नरसिंहले ६७६ मत ल्याएर जितेका थिए । पराजित कांग्रेसका कर्मलाल व्यञ्जनकारको ६०२ मत आएको थियो ।
१० पटकसम्म चुनाव जिते पनि यसपटक उनी चुकेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया