NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भरतपुरमा रेनुको मतान्तर तीन हजार बढी, कसले कति ल्याए ?

काठमाडाैं । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छिन् । महानगरपालिकामा ४१ हजार ४१४ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छिन् ।

दाहालले १५ हजार ७४७ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ६१९ मत प्राप्त गरेका हुन् । रेनुले तीन हजार एक सय २८ मतले अग्रता लिएकी हुन् ।  यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३  मत प्राप्त गरेका छन् ।

भरतपुरमा ४१ हजार ४ सय १४ मतगणना रेनुले अग्रता बढाउँदै लगेकी हुन् ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १८ हजार २४० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १० हजार १३६ मत प्राप्त गरेकी छिन् ।

भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं ९ र १० को गणना भइरहेको छ । ९ र १० मतगणनामा गठबन्धनका उम्मेदवार मतगणनामा अगाडि छन् । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।