मोरङको बूढीगंगामा कांग्रेसको जित
विराटनगर । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगंगामा गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका जीतनारायण थापा मगरले आठ हजार २९९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बलभद्र सरदार थारुले सात हजार ८८० मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा कांग्रेसकी अमृताकुमारी गच्छदारले नौ हजार ५० मत प्राप्त गरी विजयी हुनु भएकी छन् भने उनका प्रतिद्वन्दी एमालेकी तुलसीकुमारी कुंवरले ६ हजार २२३ मत प्राप्त गरेकी थिइन ।
विगतमा एमालेको वर्चस्व रहेको सो पालिकामा यस वर्षको निर्वाचनमा पाँच वडामा वडाध्यक्ष पदमा कांग्रेस, एमाले र अर्कोमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले जित हासिल गरेका छन् ।
जिल्लामा अब नौ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया