चन्द्रागिरि नगरपालिकामा पुनः घनश्याम गिरी विजयी

काठमाडौं । नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासिक जित निकालेको छ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुखसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ ।
प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित घनश्याम गिरी कांग्रेसका तर्फबाट पुनः मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने वडा न १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा कांग्रेसले विजय हासिल गरेको छ ।
नवनिर्वाचित नगर प्रमुख गिरीले १५ हजार ४७५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उत्तमबहादुर रावतले १४ हजार ६५१ मत प्राप्त गरे । उनी वडा नं १५ का निवर्तमान वडाध्यक्ष हुन् ।
कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल छन् ।
नवनिर्वाचित मेयर गिरी कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सभापतिसमेत हुन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया