दाङको तुलसीपुरमा कांग्रेस अघिअघि, एमाले पछिपछि
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रतता कायमै राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले पछ्याइरहेका छन् ।
शुक्रबार बिहानसम्म १८ हजार १९३ मत गणना हुँदा गिरीले ७ हजार ६६७ मतसहित अग्रता लिएका छन् । एमालेलेका खड्काले ७ हजार ४८६ मत पाएका छन् ।
उपमेयरमा एमालेका स्यानी चौधरीले ६ हजार ९६१ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले ५ हजार ९४७ मत पाएका छन् ।
तुलसीपुरमा गठबन्धन दलहरूले भागबण्डा गर्दा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीले लिने सहमति भएको थियो ।
दाङकै घोराही उपमहानगरपालिका माओवादी केन्द्रलाई पराजित गर्दै एमाले विजयी भएको थियो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया