NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

पालिकामा एमालेभन्दा कांग्रेसलाई एक सय बढीको नेतृत्व, अहिलेसम्म कुन दलले कति जिते ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नतिजा आएकामध्ये कांग्रेसले भारी अग्रता लिएको छ । कांग्रेसले अहिलेसम्म दोस्रो स्थानमा रहेको एमालेभन्दा एक सय बढी पालिकाको नेतृत्व जितेको छ ।

कांग्रेसले २७४ प्रमुख\अध्यक्ष र २५४ उपप्रमुख\उपाध्यक्ष जितेको छ । तर एमाले पालिकाको नेतृत्वमा कांग्रेसभन्दा ठ्याक्कै एक सयले पछाडि छ ।

एमालेले १७४ प्रमुख\अध्यक्ष जितेको छ । उपप्रमुख \उपाध्यक्ष गरी १९७ स्थानमा एमाले विजयी भएको छ ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रले अहिलेसम्म प्रमुख र\अध्यक्ष गरी १११ पालिका नेतृत्वमाथि कब्जा जमाएको छ । उपप्रमुख र उपाध्यक्षमा उसले जितेका पालिकाको संख्या ११८ छ ।

जनता समाजवादी पार्टीले १८ पालिका प्रमुख र १७ उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादीले १४ प्रमुख र २० उपप्रमुख जितेको छ ।

अन्य दलले २३ पालिका प्रमुख १५ उपप्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुख र उपप्रमुखमा सातसात स्थानीय तह जितेका छन् ।