काठमाडौं वडा नम्बर २८ मा कांग्रेसका खड्गी विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका-२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ ।
भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका हुन् । भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक हजार ७३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयी भएका छन् ।
महिला सदस्यतर्फ कांग्रेसकी नीनाकुमारी खड्गी र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
काठमाडौं महानगरको वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मतपरिणाम सार्वजनिक भइसकेको छ । एकदेखि पाँचसम्म वडाध्यक्षमा एमाले तथा वडा नं २८ र ३० मा कांग्रेस विजयी भएको छ ।
कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया