सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको शुक्रबार निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए ।
खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।
बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका-५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए ।
उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए । सदस्यमा उनीसँग एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया