सप्तरीमा निर्वाचित वडा सदस्यको निधन
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको शुक्रबार निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए ।
खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।
बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका-५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए ।
उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए । सदस्यमा उनीसँग एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया