देशभर ६३८ पालिकाको नतिजा आयो
काठमाडौं । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा देशभरका ७५३ स्थानीय निकायमध्ये शुक्रबारसम्म ६ सय ३७ वटा पालिकाको नतिजा आएको छ ।
यीबाहेक महानगर, उपमहानगर र विवादका कारण मतदान रोकिएका केही पालिकाको नतिजा आउन बाँकी छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै पालिका जितेर नेपाली कांग्रेस अग्र स्थानमा छ ।
कांग्रेसलाई नेकपा एमाले पछ्याएको छ । कांग्रेसले अहिलेसम्म नतिजा आएका पालिकामध्ये २८३ वटामा प्रमुख तथा अध्यक्ष जितेको छ ।
एमालेले १७८, माओवादीले १११, जसपाले २०, एकीकृत समाजवादीले १४, लोसपाले ७ वटा पालिकामा प्रमुख एवं अध्यक्ष जितेका छन् । आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया