NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको नेतृत्व

काठमाडाैं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गरेका छन् ।

२०७४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गरेका छन् ।

कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीनरतीन, माओवादी र जसपाले दुईरदुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एकरएक वडा जितेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष