धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ जितनजिक
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका मेयरमा लौरो चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ जितनजिक पुगेका छन् ।
जारी मतगणनामा सम्पाङले कांग्रेसका किशोर राईमाथि २ हजार ६६७ मतको अग्रता बनाएका छन् ।
पछिल्लो परिणामअनुसार साम्पाङले १५ हजार ७७ मत पाएका छन् ।
कांग्रेसका राईले १२ हजार ४१० मत पाएका छन् । एमालेकी मञ्जु भण्डारी सुवेदीले १० हजार ११२ मत छ ।
सामाजिक सञ्जालहरूमा मेयरमा साम्पाङले जितिसकेको भनेर बधाई आइरहे पनि औपचारिक नतिजा भने आएको छैन ।
उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १४ हजार ९७९ र एमालेका पदमप्रसाद लिम्बूले १३ हजार ७२६ मत पाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया