धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ जितनजिक

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका मेयरमा लौरो चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ जितनजिक पुगेका छन् ।
जारी मतगणनामा सम्पाङले कांग्रेसका किशोर राईमाथि २ हजार ६६७ मतको अग्रता बनाएका छन् ।
पछिल्लो परिणामअनुसार साम्पाङले १५ हजार ७७ मत पाएका छन् ।
कांग्रेसका राईले १२ हजार ४१० मत पाएका छन् । एमालेकी मञ्जु भण्डारी सुवेदीले १० हजार ११२ मत छ ।
सामाजिक सञ्जालहरूमा मेयरमा साम्पाङले जितिसकेको भनेर बधाई आइरहे पनि औपचारिक नतिजा भने आएको छैन ।
उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १४ हजार ९७९ र एमालेका पदमप्रसाद लिम्बूले १३ हजार ७२६ मत पाएका छन् ।
प्रतिक्रिया