यस्तो छ भरतपुर महानगरको पछिल्लो अपडेट

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । असी हजार १० मत गणना हुँदा पाँच दलीय गठबन्धनले आफ्नो अग्रता कायमै राखेको हो ।
गणनाअनुसार गठबन्धनबाट महानगर मेयर (प्रमुख)को उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले छ हजार ५७० मतले अग्रता लिएकी छन् भने उपमेयर (उपप्रमुख)मा कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिएका छन् ।
दाहालले ३१ हजार २४३ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले २४ हजार ६७३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार तीन मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उपप्रमुखमा अधिकारीले ३३ हजार ६५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १७० मत प्राप्त गरेका छन् । भरतपुरमा हालसम्म वडा नं १६ सम्मको गणना सम्पन्न भइसकेको छ । महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा रहेका छन् ।
ताजा अपडेट
-
सुदूर पश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
प्रतिक्रिया