NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

१ लाख मत गणना : बालेन धेरै अगाडि, स्थापितलाई सिर्जनाले उछिनिन्

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो रफ्तार झनै बढाइरहेका छन् । उनले दोस्रो स्थानका उम्मेदवारलाई झण्डै साढे १६ हजार मतले उछिनेका छन् ।

यसअघि तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले दोस्रो स्थानमा उक्लिएकी छिन् । उनी पहिलो स्थानमा रहेका बालेनभन्दा १६३१६ मतले पछि छिन् । यद्यपि, उनले एमालेका केशव स्थापितलाई भने ६० मतले उछिनेकी छिन् ।

बालेनले ३६२२६ मत ल्याएका छन् भने सिर्जनाले १९९१० मत ल्याएकी छिन् । स्थापितले भने १९८५० मतमात्र प्राप्त गरेका छन् ।

यसअघि लगातार दोस्रो स्थानमा रहेका स्थापित अहिलेसँगै आजैमात्र दुईपटक तेस्रो स्थानमा झरेका छन् ।