भरतपुरमा रेनुलाई भारी अग्रता, एमालेका विजयलाई कमब्याक गर्न अब कठिन
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को इपिसेन्टर मानिएको भरतपुर महानगरपालिका माओवादीकी रेनु दाहालले अग्रतालाई बलियो बनाउँदै लगेकी छिन् ।
पछिल्लो अपडेट अनुसार भरतपुरमा रेनुले ३५ हजार ४९ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा रहेका एमालेका विजय सुवेदीले २७ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् ।
विजय ७ हजार तीन सय ८८ मतले पछाडि देखिएका छन् । भरतपुरमा १५ वडाको मतगणना सकिइसकेको छ । यस्तोमा भारी मतान्तरले रेनुले अग्रता लिएपछि अब एमालेका सुवेदीलाई कमब्याक गर्न गाह्रो देखिएको हो ।
जगन्नाथ पौडेलले १२ हजार मत बढाएका छन् । कांग्रेसबाट पौडेलको बागी उम्मेदवारी परेपछि एमालेलाई झन् घाटा देखिएको हो । किनकी माओवादी उम्मेदवार रेनुको असन्तुष्टिको भोट विजयलाई जाने देखिए पछि स्वतन्त्रबाट पौडेल भुइँकटहरमा उठेपछि एमालेलाई थप झट्का लागेको थियो । राम्रो मत आउने वडाबाटै एमालेलाई यसपटक धेरै भोट नआएपछि एमालेका उम्मेदवार निराश बनेको बताइन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया