NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पुनर्वास ८ मा स्वतन्त्रकाे प्यानल नै निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् ।

वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन् ।

महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिएका थिए ।