NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

काठमाडौं महानगर अपडेट : बालेन सिर्जनाभन्दा १७ हजार बढी मतले अघि

काठमाडाैं । काठमाडौंको मेयरका लागि स्वतन्त्रका बालेन्द्र शाहले निरन्तर अग्रता बढाउँदै लगेका छन् ।

जारी मतगणनाको पछिल्लो अपडेटअनुसार बालेनले ३९ हजार ५१५ मत ल्याएका छन् ।  दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २२ हजार २७० मत प्राप्त गरेकी छिन् । बालेन सिंहभन्दा १७ हजार २४५ मतले अघि छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २१ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् ।

स्थापित बालेनभन्दा १७ हजार ७४० मतले पछि छन् भने सिंहभन्दा ७९५ मतले पछाडि परेका छन् ।