भंगहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी
महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मत परिणामअनुसार आइतबार भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत केशव अर्यालले बताए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगे्रसका विजय मण्डलले पाँच हजार ३५४ मत ल्याएका छन् ।
सो पालिकाको उपप्रमुखमा कांग्रेसका शान्तिकुमारी सिंहले पाँच हजार ७७५ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत प्राप्त गरेकी हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया