वीरगञ्ज महानगरः गठबन्धनका प्रमुख र उपप्रमुखको अग्रता कायमै
विरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिएका छन् ।
वीरगञ्जमा आइतबार दिउँसो १ः०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपप्रमुख पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले पाँच हजार ५४९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीच गठबन्धन गरिएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ ।
३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म विभिन्न १५ वटा वडाको मतगणना सम्पन्न भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया