भरतपुर महानगरमा ३१ हजार मत गन्न बाँकी

भरतपुर । भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ । अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भएकी रेनु दाहालले आठ हजार २९५ मतले अग्रता लिएकी छन् ।
दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिएका छन् ।
अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त गरेकी छन् । भरतपुर महानगरमा हाल वडा नम्बर २१ र २२ को मतगणना जारी रहेको छ । पालिकामा २९ वटा वडा रहेका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
ताजा अपडेट
-
सुदूर पश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
प्रतिक्रिया