NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

गौरादह नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले

गौरादह । झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ ।

बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार शाहलाई पराजित गरे । शाहले ११ हजार ४४८ मत प्राप्त गरे । शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित थिए ।

उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएकी छन् । राजवंशीले ११ हजार ९१४ मत प्राप्त गगरिन् । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरिन् । ढकालले १० हजार ३४८ मत प्राप्त गरेका छन् ।

गौरादह नगरपालिकामा कांग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो । यो नगरमा नौ वडा रहेका छन् ।

जसमा वडा नं १ मा एमालेका तर्फबाट नगेन्द्र भण्डारी, २ मा कांग्रेसबाट गोपालप्रसाद कोइराला, ३ मा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी, ४ मा एमालेबाट दुर्गामणि बस्नेत, ५ मा एमालेबाट नै जगन्नाथ खनाल, ६ मा कांग्रेसबाट तोयानाथ प्रसाईं, ७ मा एमालेबाट बलराम खरेल, ८ मा माओवादीबाट गणेशकुमार राजवंशी र ९ मा एमालेबाट उपेन्द्र निरौला विजयी भएका छन् ।