बालेनले कटाए ५० हजार मत
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन्द्र शाहले ५० हजार मत कटाएका छन् । उनले ५० हजार ३० मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ र नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मत ल्याएका छन् ।
मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन सिर्जनाभन्दा १९ हजार २ सय ६३ मतले अगाडि रहेका छन् । त्यस्तै स्थापितभन्दा उनी २० हजार १५ मतले अगाडि छन् ।
१ लाख ९१ हजार ५५ मत खसेकोमा अहिलेसम्म १ लाख ५३ हजार मत गणना भएको छ । अब गन्न बाँकी ३७ हजार ७ सय मत छ । हाल काठमाडौंको वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना भइरहेको छ । अन्य वडाको मतगणना सकिएर नतिजा आइसकेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया